News Griha :: न्यूजगृह
अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ
अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदाबी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन...
१० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने सम्झौतामा हस्ताक्षर
१० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने सम्झौतामा हस्ताक्षर सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ । उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत...
अष्ट्रेलियाको नयाँ नीतिले नेपाली बढी चिन्तित, सहजै भिसा पाउन के गर्ने?
अष्ट्रेलियाको नयाँ नीतिले नेपाली बढी चिन्तित, सहजै भिसा पाउन के गर्ने? नेपाली विद्यार्थीहरूको सर्वाधिक रोजाइको देश अष्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपालमा परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अष्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली बढी चिन्तित छन् । 
आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने
आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । भूतप उल्का वर्षा आज दिउँसैदेखि  अत्याधिक मात्रामा सक्रिय भए...
उपचार खर्च तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै छन् दुर्गाप्रसाद
उपचार खर्च तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै छन् दुर्गाप्रसाद भारतको दमदम जेलमा ४० वर्ष बसेपछि निर्दोष साबित भई २०७७ मा नेपाल फर्केका इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ६ महिनादेखि अस्पतालमै छन् ।०७७ चैतमा नेपाल ल्याइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए ।
शहरी जनसङ्ख्या ५ प्रतिशतले वृद्धि, काठमाडौं र पोखरामा चाप असन्तुलित
शहरी जनसङ्ख्या ५ प्रतिशतले वृद्धि, काठमाडौं र पोखरामा चाप असन्तुलित जनगणना २०६८ र २०७८ को बीचमा सहरोन्मुख जनसंख्या ३९ दशमलब १९ प्रतिशतबाट बढेर ३९ दशमलब ७५ प्रतिशत पुगेको छ । ग्रामीण क्षेत्रमा जनसंख्या ३८ दशमलब ५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ । ग्रामीण क्षेत्रबाट सहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइ बढेको छ । बढ्दै गएको जनसङ्ख्याको चापले शहरी क्षेत्रमा व्यवस्थापन गर्न...
चार्जिङका क्रममा एमजीको जेडएस ईभीमा आगलागी
चार्जिङका क्रममा एमजीको जेडएस ईभीमा आगलागी एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागी भएको छ । एक साता अघि अर्थात् यही पुस ९ गते राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।
घलेगाउँका होमस्टे पर्यटकले खचाखच
घलेगाउँका होमस्टे पर्यटकले खचाखच समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । अरु समयमा ४०/५० जना पर्यटक आगमन भइरहे पनि घलेगाउँमा नयाँवर्ष मनाउन पुग्ने पर्यटक बढेका छन् ।
वैकल्पिक ऊर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ? 
वैकल्पिक ऊर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ?  नेपाल इन्जिनियरिङ कलेज (नेक)मा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्ने परियोजना अघि बढाइएको छ । जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) को सहयोगमा नेकले ‘हावा प्रोजेक्ट २.०’ सञ्चालन गरेको हो । सो प्रोजेक्टका लागि जेइएसएले आवश्यक उपकरणहरूसमेत उपलब्ध गराएको छ । 
एकै बगानबाट १० लाखको सुन्तला बिक्री
एकै बगानबाट १० लाखको सुन्तला बिक्री इलाम नगरपालिका–५ बरबोटेका सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।‘मैले २०६० सालदेखि सुन्तला खेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी १० लाखमा बेच्न सफल भएको छु,’ चापागाईँले भने ।
विद्युत् नियमन आयोगको निर्णय : २०७७ असार १ सम्म लोडसेडिङ भए प्रिमियर शुल्क लिनू 
विद्युत् नियमन आयोगको निर्णय : २०७७ असार १ सम्म लोडसेडिङ भए प्रिमियर शुल्क लिनू  विद्युत्‌ प्राधिकरणले उद्योगहरूको विद्युत्‌ लाइन काट्न थालेपछि चर्केको डेडिकेटेड र ट्रंक लाइनको महसुलसम्बन्धी विवादमा विद्युत्‌ नियमन आयोगले आफ्नो धारणा स्पष्ट पार्दै २०७७ असार १ सम्म लोडसेडिङ भएको भए विद्युत्‌ प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको दरअनुसार शुल्क लगाउन पाउने निर्णय गरेको छ ।
के अब परराष्ट्र मामिला ‘थिंक ट्यांक’ ले नेतृत्व पाउला ?
के अब परराष्ट्र मामिला ‘थिंक ट्यांक’ ले नेतृत्व पाउला ? सम्भवतः विज्ञापन यसै साता प्रकाशन गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । अब हुने विज्ञापनको व्यहोरा पनि परिवर्तन हुनेछ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गरेको विवरणसहित उक्त विज्ञापन प्रकाशित हुनेछ । संशोधन सहितको गठन आदेश आएकोले विज्ञापनमा उल्लेख भएका सर्त तथा योग्यताहरूमाथि केही...
Weather Update