एक पटकको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले खान्थे ६० हजारको खाजासोमबार, पुस १६, २०८०

बालकुमारी घटनाबारे प्रहरी प्रमुखले भने– ‘मन्त्रीज्यूसँगै विवाद भएपछि भीड अनियन्त्रित भयो’ सोमबार, पुस १६, २०८० उनले आक्रोशित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताए । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीसँग सीमित श्रोत साधन र जनशक्ति भएका कारण भीड नियन्त्रणमा समस्या भएको बताए ।

बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन सोमबार, पुस १६, २०८० सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा पूर्व एआईजी अरुणकुमार बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।

सन् २०२४ हुनेछ अहिलेसम्मकै ठूलो निर्वाचन वर्ष सोमबार, पुस १६, २०८० आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । सन् २०२४ लाई अहिलेसम्मकै ठूलो निर्वाचन वर्षको रुपमा हेरिएको छ ।खासगरि सन् २०२४ मा विश्वका तीन शक्ति राष्ट्रहरूमा हुने निर्वाचनलाई विश्व समुदायले मुख्य चासोका साथ हेरेको छ । यस वर्ष भारत, संयुक्त राज्य अमेरिका र बेलायतमा आम निर्वाचन हुनेछ...

राज्यको नजरमा नपरेको भरङ्गे आइतबार, पुस १५, २०८० कति त चुनावका बेला पनि भोट माग्न पनि भरङ्गे पुग्दैनन् । 'चुनावका बेला भोट माग्न उम्मेदवार त के रु नेतासमेत आउँदैन । यो ठाउँमा उम्मेदवारका लागि भोट माग्न हाम्रै दाजुभाइ आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन्,' स्थानीय वीरबहादुर तामाङले भने, 'एघार घरपरिवार बसोबास गरिएको हाम्रो गाउँ...

सन् २०२३ मा विश्वभर १२० पत्रकार मारिए आइतबार, पुस १५, २०८० आईएफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मृत्युको संख्या बढेको आईएफजेले जनाएको छ ।

चीनको जीएसआईको विश्वव्यापी प्रभाव, नेपालले दिनुपर्ने चासो आइतबार, पुस १५, २०८० विश्व शक्तिको रुपमा उदाउन चाहेको चीन क्षेत्रीय शक्तिको रुपमा शासन गर्न नचाहने कुरै भएन । फलस्वरुप, अन्य रणनीतिक परियोजनाहरू बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) जस्तै जीएसआईलाई पनि चीनले नेपालमा लागू गराउन खोजेको छ तर दुई ठूला छिमेकी तीनतिर भारत र उत्तरतर्फ चीनसँग सिमाना जोडिएको नेपालले...

तिलकुमारीले सुन बेचेर सुन्तला लगाइन्, सुनै फलाइन् आइतबार, पुस १५, २०८० धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन्। घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् ।

कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधा आइतबार, पुस १५, २०८० जन्मदर घट्दै गएर चिन्तित बनेको दक्षिण कोरियाले प्रसुती अवधिमा पुरुषलाई पनि आकर्षक सुविधा दिएर दम्पतीलाई प्रोत्साहित गर्ने आर्थिक योजनाहरू घोषणा गरेको छ ।सन् २०२४ बाट प्रसुती अवधिमा सुत्केरी आमा, नवजात शिशु र उनीहरूको हेरचाह गर्ने बाबुलाई मासिक तलब सहितका आकर्षक सुविधाहरू उपलब्ध गराउने भएको छ ।

चिसोले भूकम्पपीडित समस्यामा आइतबार, पुस १५, २०८० चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताए । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा...

वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता आइतबार, पुस १५, २०८० केही वर्षदेखि वैज्ञानिकहरुले लगातार जलवायु परिवर्तनको असरका बारेमा विभिन्न अनुसन्धानबाट देखिएका निस्कर्षहरुका बारेमा सचेत गराउँदै आए पनि राजनेताहरु भने पछिल्लो समय यस समस्याप्रति गम्भीर देखिएका छन् । राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कुनै पनि फोरमहरुमा यस विषयले प्राथमिकता पाउन थालेको छ र पृथ्वीमा तापमान वृद्धि गराउने मुख्य स्रोत जीवाश्म इन्धन भएकाले...

विद्युत महसुल विवाद : प्रधानमन्त्री आश्वासन दिँदै, प्राधिकरण तर्साउँदै शनिबार, पुस १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधान गर्न उच्च तहको आयोग बनाउने आश्वासन दिएको थाहा भएको छ ।

फेरि विश्वकै धनी व्यक्ति बने एलोन मस्क शनिबार, पुस १४, २०८० ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलोन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।