News Griha :: न्यूजगृह
राजस्थानसँग हार्‍यो आरसीबी, विराट र बटलरको शतक
राजस्थानसँग हार्‍यो आरसीबी, विराट र बटलरको शतक इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले  रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो। आरसीबीले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो। राजस्थानका लागि जोस बटलरले शतक बनाए। बटलरले अन्तिम बलमा शतक पुर्याए।
महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते 
महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते  गम्भीर घाइते बोहराको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपाल प्रहरीको अस्पातल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताए। झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारी तर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  
तनहुँमा श्रीमानले गरे श्रीमतीको हत्या
तनहुँमा श्रीमानले गरे श्रीमतीको हत्या व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। 
बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु
बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु मृतक यादवको शव पोस्टमार्टको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको इन्स्पेक्टर गुरुङले जानकारी दिए। झण्डै नौ वर्ष प्रहरी सेवामा बिताएका यादवको घर पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरमा छ। 
यी हुन् इलाम र बझाङका ३२ उम्मेदवार
यी हुन् इलाम र बझाङका ३२ उम्मेदवार प्राप्त विवरण अनुसार इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेको निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले जानकारी दिए।
शंकर भण्डारीको दाबीः यो सरकार हनिमुन पिरिएड नसकिँदै ढल्छ, कांग्रेस र एमालेको नयाँ सरकार बन्छ
शंकर भण्डारीको दाबीः यो सरकार हनिमुन पिरिएड नसकिँदै ढल्छ, कांग्रेस र एमालेको नयाँ सरकार बन्छ दाङमा शनिबार पत्रकारसँग नेता भण्डारीले देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्ने बारे छलफल भइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने बताएका हुन्।
जुम्ला पुगेर पूर्वराजाले के भने? [पढ्नुहोस् पूर्णपाठ]
जुम्ला पुगेर पूर्वराजाले के भने? [पढ्नुहोस् पूर्णपाठ] पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको बताएका छन्। जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔँ, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौँ।’
इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता
इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन्। शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ। जनमत...
पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु
पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा...
युवा पुस्तामा देखिएको उग्र निराशामाथि विश्वास जगाउनुपर्छ : प्रधानमन्त्री
युवा पुस्तामा देखिएको उग्र निराशामाथि विश्वास जगाउनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन्।विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिए।
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ। एमालेका तर्फबाट नेता दिवंगत सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन्।वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित १२ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
रास्वपा उम्मेदवार मिलन लिम्बूले दर्ता गराए मनोनयन
रास्वपा उम्मेदवार मिलन लिम्बूले दर्ता गराए मनोनयन इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयनपत्र दर्ता गराएका छन्।रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बूले मनोनयन पत्र दर्ता गराएका हुन्। 
Weather Update