News Griha :: न्यूजगृह
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक यस्तै, संसद्मा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए ।
ललितपुरमा जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
ललितपुरमा जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो। आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए। उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन।
नेपाल ‘ए’ले टस हारेर फिल्डिङ गर्दै
नेपाल ‘ए’ले टस हारेर फिल्डिङ गर्दै नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ।त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आइतबार  उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन...
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बस्दैछ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्। एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दैछ। करिब २२ सय जना सहभागी रहने...
लुम्बिनीका मुख्यमन्त्री महराले शपथग्रहण गर्दै 
लुम्बिनीका मुख्यमन्त्री महराले शपथग्रहण गर्दै  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय...
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची] आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।...
नेपाल 'ए' ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै 
नेपाल 'ए' ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै  नेपाल 'ए' ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ।खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको...
सर्लाहीको मनकामना सहकारी संस्थामा आगलागी
सर्लाहीको मनकामना सहकारी संस्थामा आगलागी सर्लाहीको हरिवनमा रहेको मनकामना सहकारी संस्थामा आगलागी भएको छ। हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो।अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। 
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा, म्यानचेस्टर सिटी र वेस्टह्यामको पुनरागमन जित
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा, म्यानचेस्टर सिटी र वेस्टह्यामको पुनरागमन जित इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमै फर्किएको छ। शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध ३–० को सहज जित निकालेको आर्सनल लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। आर्सनलले ३१ खेलबाट ७१ अंक बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अंक छ।
एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै 
एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै  एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन्। ​गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो। नेपालले यसअघिका दुवै खेल जितेको छ। नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो। गुजरातले भने बरोडालाई दुवै...
विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई  मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार राति विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो।
Weather Update