News Griha :: न्यूजगृह
नेपाल 'ए' ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै 

काठमाडौं — नेपाल 'ए' ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो। दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो।  

सिरिज गुमाइसकेको हुँदा आज नेपाल क्लिनस्विपबाट बच्न चाहन्छ। नेपाली ब्याटरले क्रिजमा धैर्यता र जिम्मेवारी देखाउनु पर्ने हुन्छ । 

नेपालको सिनियर टोलीले आज नै भारतमा एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग खेल्दैछ। खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:२७
Weather Update