नेपाल ‘ए’ले टस हारेर फिल्डिङ गर्दै
काठमाडौं — नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ।
त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आज रुपेशसिंह, विकास आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ।
पछिल्लो खेलबाट आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरी बेन्चमा छन्।
नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० ०९:२१



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/rastriya-sava-1-1720169961.jpg)






