पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु

धनकुटा — पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ।
धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा छन्।
मृत्यु भएका बालक कसरी डुबे भन्ने बारेमा स्थानीय बीचमा विवाद भएकाले घटनास्थल सुरक्षित राखी अनुसन्धान भइरहेको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० १८:११













