चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव मंगलबार, वैशाख ४, २०८१

आईपीएलको जारी सिजनमा तेस्रो पटक बन्यो रनको कीर्तिमान, हैदरावादसँग आरसीबी पराजित मंगलबार, वैशाख ४, २०८१ गत मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको हैदरावादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो। यो संस्करण अघि आरसीबीले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो। तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको...

गण्डकी प्रदेशमा आज चैतेदसैँको बिदा मंगलबार, वैशाख ४, २०८१ चैत्र शुक्ल अष्टमी (चैतेदसैँ) का अवसरमा प्रदेशभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बन्द रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो।

नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस मंगलबार, वैशाख ४, २०८१ नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।

काठमाडौंको टोखा नगरपालिकामा आज सार्वजनिक बिदा मंगलबार, वैशाख ४, २०८१ गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का: जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ मा तथा वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

मौसमः पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको सम्भावना मंगलबार, वैशाख ४, २०८१ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

आज चैतेदसैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै मंगलबार, वैशाख ४, २०८१ चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मंगलबार, वैशाख ४, २०८१ पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनका अनुसार बृद्धि भएको मूल्य सोमबार बिहानदेखि लागू भएको छ।

‘हनिमुन पिरियड’ मै सत्ता समीकरणमा ‘दरार’ सोमबार, वैशाख ३, २०८१ केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ। सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पूर्व सहमति अनुसार नगरेको भन्दै नेकपा एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ। हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी छन्। यसअघि...

दिपेश पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान हुने सोमबार, वैशाख ३, २०८१ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ। सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्राचार गरेको छ।

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता सोमबार, वैशाख ३, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन्। प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन्।

नाउपाबाट नेपाल सद्भावना पार्टी छुट्टियो सोमबार, वैशाख ३, २०८१ दुई पार्टीबीच भएको सहमति पूरा नगरेको र श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्भावना पार्टी अलग भएको हो।
-1713160638.jpg)
डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग सोमबार, वैशाख ३, २०८१ राप्रपाले चैत २७ गतेको काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भइ छाउनी अस्पतालमा उपचाररत डाँगीको निधनले स्तब्ध भएका उल्लेख गर्दै उनको निधनले पार्टीलाई ठुलो क्षति भएको बताएको छ।









