News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मौसमः पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं— हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Prabhu Bank

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको। बुधबार कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:१५
Weather Update