News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आज चैतेदसैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै
चैतेदसैँमा बागलुङ कालिका मन्दिर दर्शन गर्न पुगेका भक्तजन।

काठमाडौं— चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

Prabhu Bank

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादा पुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

चैतेदसैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलि सहित पूजा गर्ने विधान छ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्वरी, बागलुङमा कालिका मन्दिरलगायत शक्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:०७
Weather Update