News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलको जारी सिजनमा तेस्रो पटक बन्यो रनको कीर्तिमान, हैदराबादसँग आरसीबी पराजित 

काठमाडौं— सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा सर्वाधिक रन बनाउने आफ्नै रेकर्डलाई सुधारेको छ। 

गत मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो। यो संस्करण अघि आरसीबीले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो। तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको छ। 

Prabhu Bank

हैदराबादले २ पटक कीर्तिमान बनाउनु बाहेक यो सिजन कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध २ सय ७२ रन बनाएको थियो। र, गएराति भएको खेलमा हैदरबादले आरसीबीलाई २० रन ले पराजित गर्‍यो। चेन्नस्वामी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनायो।

हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए। ३९ बलमा शतक पुरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए।

Sunrisers-Hyderabads-Travis-Head-1713229425.jpg
ट्राभिस हेड

यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए। अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। अभिषेक शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे।

आरसीबीका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्ली १ विकेट लिए। जवाफमा आरसीबीले ७ विकेट गुमाउँदै २ सय ६२ रन मात्र  बनाउन सक्यो। आरसीबीका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाए पनि जित निकाल्न सकेनन्। 

कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए। विराट कोहलीले २० बलमा ४२ बनाए। अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ। आरसीबी भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ।

आईपीएलमा आज  कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:०६
Weather Update