अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते शुक्रबार, वैशाख २१, २०८१

भारतका प्रधानन्यायाधीश काठमाडौंमा, यस्तो छ भ्रमण तालिका शुक्रबार, वैशाख २१, २०८१ भारतका प्रधानन्यायाधीश डा धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्। उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन्।

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक, गरेका थिए प्रेम प्रस्ताव शुक्रबार, वैशाख २१, २०८१ झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर एक किशोरीमाथि गोली प्रहार भयो। घाइते किशोरीलाई ‘रेस्क्यु’ गरेर दमकस्थित लाइफलाइन अस्पताल लगियो।प्रहरी सोधपुछका क्रममा घाइते किशोरी १८ वर्षीया एनिका अधिकारी रहेको खुल्यो। कक्षा १२ को परीक्षा दिएर फर्किने क्रममा घटना भएको पनि खुल्यो।

चौधरी ग्रुपको सीजी फुड्स पार्कमा आक्रमण, १७ महिलासहित २२ जना पक्राउ शुक्रबार, वैशाख २१, २०८१ ललितपुरको भैँसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा १७ महिला र ५ पुरुष छन् ।

भरपर्दो इन्टरनेट सेवा नदिने सेवा प्रदायकलाई कारबाही गरिने शुक्रबार, वैशाख २१, २०८१ नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो इन्टरनेट सेवा उपलब्ध नगराउने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको बताउँदै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको सर्त बमोजिम भरपर्दो एवम् गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

चन्द्रागिरि नगरपालिकाले दियो वैशाख २६ मा सार्वजनिक बिदा शुक्रबार, वैशाख २१, २०८१ मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्नेगर्छ।

भोलि डीभीको रिजल्ट आउने, कसरी हेर्ने? शुक्रबार, वैशाख २१, २०८१ अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार (भोलि) सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो।

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर आज विश्वासको मत दिन एमाले तयार नभएरपछि शनिबार (भोलि) सम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

नेपाल सरकारका ६ सचिवको सरुवा शुक्रबार, वैशाख २१, २०८१ सरकारले ६ सचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार एवं सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। जसअनुसार दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगेको...

मधेस प्रदेशका लोसपा सांसद अभिराम शर्मा निलम्बनमा शुक्रबार, वैशाख २१, २०८१ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत असई थमन विक हत्या प्रकरणमा अदालतबाट जन्मकैदको सजाय पाएका शर्मालाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेका हुन्। वैशाख १८ गते मंगलबार नै शर्मालाई निलम्बन गरिएको प्रदेश सभा...
एक सयको नोटमा ‘चुच्चे नक्सा’ राख्ने सरकारको निर्णय शुक्रबार, वैशाख २१, २०८१ सरकारले चलनचल्तीमा रहेको एक सयको नोटमा भएको नक्सा परिवर्तन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटमा लिपुलेक–कालापानी समेटिएको ‘चुच्चे नक्सा’ राख्ने भएको हो।

के हुँदैछ सरकारले सञ्चालन गर्ने घोषणा गरेको गोरखकाली रबर उद्योगको काम? शुक्रबार, वैशाख २१, २०८१ ९ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो।

अपडेटः परीक्षा दिएर फर्किएकी किशारीमाथि गोली प्रहार गर्ने पक्राउ शुक्रबार, वैशाख २१, २०८१ झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किएकी एनिका अधिकारीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाका अमितकुमार यादव रहेको प्रहरीले जनाएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिकामाथि शुक्रबार बिहान करिब साढे १२ बजेको समयमा गोली प्रहार भएको हो।








