यसकारण आजका लागि अनिश्चित बन्यो सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मत शुक्रबार, वैशाख २१, २०८१

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने शुक्रबार, वैशाख २१, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। अधिकारी गत चैत २५ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान...

दमकमा गोली चल्यो, किशोरी घाइते शुक्रबार, वैशाख २१, २०८१ स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो। प्रहरीका अनुसार अधिकारीको घर उदयपुरको लिङचिङबुङ गाउँपालिका वडा नम्बर ३ हो। उनी दमक नगरपालिका वडा नम्बर ५ मा डेरामा बसेर बढ्दै आएकी थिइन्।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त शुक्रबार, वैशाख २१, २०८१ जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन्।
-1714720165.jpg)
अरुको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी सञ्चालन, जापान पठाइदिने भन्दै करोडौँ ठगी गर्ने २ जना पक्राउ शुक्रबार, वैशाख २१, २०८१ अरुको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी करोडौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्। प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब...

नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा खाजाघर सञ्चालक पक्राउ शुक्रबार, वैशाख २१, २०८१ नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका–६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका–९ बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन्।
-1714718494.jpg)
प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैन: प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख २१, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका अवसरमा आज काठमाडौं आयोजित कार्यक्रममा उनले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए।

इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता शुक्रबार, वैशाख २१, २०८१ कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा बिहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौँ नेपाली सेवाबाट बन्चित भए।वर्ल्ड लिंक, सुबिसु, भायानेटसहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास जारी रहेको बताइरहँदा इन्टरनेटका माध्यमबाट कारोबार गरिरहेका व्यवसायीहरु मारमा परे।
खडेरीका कारण किसान चिन्तित, बाराका दक्षिणी भागमा भएन रोपाइँ शुक्रबार, वैशाख २१, २०८१ पछिल्लो समय लामो समय पानी नपरेका कारण लगाइएका अन्नबालीहरु सुक्न थालेका छन् भने चैते रोपाइँको काम समेत प्रभावित बनेको छ।चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ।

अर्को साता पानी पर्ने शुक्रबार, वैशाख २१, २०८१ पछिल्लो समय पानी नपरेका कारण जमिन सुख्खा भइ डढेलोको समस्या बिकराल बनिरहेका बेला अर्को साता पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी साताको मौसम पूर्वानुमान सार्वजनिक गर्दै हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।
-1714714226.jpg)
कर नतिर्ने आरबी कम्प्लेक्स र पिपुल्स प्लाजामा महानगरको टोली, तीन वर्षदेखि तिरेका छैनन् कर शुक्रबार, वैशाख २१, २०८१ न्यूरोडमा रहेको आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स) र ‘पिपुल्स प्लाजा’ ले काठमाडौं महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको पाइएको छ। यी दुवै प्लाजा वडा नं. २२ मा छन्। आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन। पिपुल्स प्लाजाले नियमित ३ आर्थिक वर्षको तिरेको छैन। वहाल कर दुवैले तिरेका छैनन्।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? शुक्रबार, वैशाख २१, २०८१ शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५ सय रहेको थियो। आज सुनको मूल्य तोलामा १ हजार १ सयले गिरावट आइ १ लाख ३५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको रेशम पक्षको 'ह्वीप' शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। शुक्रबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदैछन्। नाउपाको रेशम पक्षधरले भने सोडारीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन (ह्वीप) जारी गरेको हो।









