मासुजन्य प्रयोजनका लागि चन्द्रकोट गाउँपालिकाले लगायो पशुचौपाया बिक्रीमा रोक शुक्रबार, वैशाख २१, २०८१

मर्मतका लागि कान्तिलोकपथ बन्द शुक्रबार, वैशाख २१, २०८१ कान्तिलोकपथ बन्द भएको छ। मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए।

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा शुक्रबार, वैशाख २१, २०८१ इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन।यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेलअवीभबाट सबै आयात र निर्यात रोकेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो।

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा शुक्रबार, वैशाख २१, २०८१ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन्।

उत्तर कोरियाबाट भागेकी युवतीको सन्सनीपूर्ण खुलासा—किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउँछन् शुक्रबार, वैशाख २१, २०८१ ‘प्लेजर स्क्वाड’ समूहको काम किम र उनका सहयोगीहरूलाई मनोरञ्जन दिने भएको उनले बताएकी छन्। योन्मीका अनुसार हरेक वर्ष ‘प्लेजर स्क्वाड’ मा २५ कुमारी केटी छनोट हुने गरेको छ। यी महिलालाई हेरचाह र सरकारप्रतिको वफादारीका आधारमा छनोट गरिन्छ। पार्कले आफू पनि दुई पटक यो टोलीमा छनोट भए पनि पारिवारिक अवस्थाका कारण...

सशस्त्रको केन्द्रीय गोदामघरमा आगलागी प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन शुक्रबार, वैशाख २१, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्प्युटर इन्जिनियर शुस्मा श्रेष्ठ सदस्य थिए।

गृहमन्त्री लामिछानेविरुद्ध परेको राहदानी दुरुपयोगसम्बन्धी रिटको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश शुक्रबार, वैशाख २१, २०८१ सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपसहित परेको रिट सर्वोच्च प्रशासनले गरेको दरपीठमाथी सुनुवाइका लागि कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ।
-1713437358.jpg)
आज विश्वासको मत लिने सुदूरपश्चिम मुख्यमन्त्रीको तयारी, हतार नगर्न एमालेको सुझाब शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। बेलुकी ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।त्यसका लागि बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस शुक्रबार, वैशाख २१, २०८१ आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस।‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ।

जापानका विदेशमन्त्री पर्सि नेपाल आउने, के-के छन् भ्रमणका एजेण्डा? शुक्रबार, वैशाख २१, २०८१ जापानका विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउने भएकी छन्। उनी एकदिने भ्रमणका लागि आइतबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्नेछिन्।

उपनिर्वाचन समीक्षा गर्न रास्वपा सचिवालय बैठक बस्दै शुक्रबार, वैशाख २१, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ।

शीर्ष स्थानको राजस्थान हैदरावादसँग पराजित शुक्रबार, वैशाख २१, २०८१ हैदरावादका भुवनेश्वर कुमारले ३ विकेट लिए। यस्तै प्याट कमिन्स र नटराजनले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। जितपछि हैदरावाद १० खेलमा १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ। राजस्थान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा यथावत...
![अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/dollor-1697506427.jpeg)
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] शुक्रबार, वैशाख २१, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।


-1714711766.jpg)






