News Griha :: न्यूजगृह
शीर्ष स्थानको राजस्थान हैदरावादसँग पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित हात पारेको छ। गएराति सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको हो। 

अन्तिम बलसम्म पुगेको खेलमा हैदरावादले राजस्थानलाई १ रनले पराजित गर्‍यो। २०२ रनको लक्ष्य पछ्याएको हैदरावादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रन आवश्यकता थियो। १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए। अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो।

अन्तिम ओभर बलिङ गर्न भुवनेश्वर कुमार आएका थिए । उनको पहिलो बलमा रविचन्द्रण आश्विनले १ रन लिए। दोस्रो बलमा रोभमन पावेलले २ रन लिए भने तेस्रो बलमा उनले चौका प्रहार गरे। चौथो बलमा पनि पावेलले २ रन लिए। हैदरावादका लागि रनआउटको अवसर भए पनि पावेक २ रन लिन सफल रहे। अन्तिम बलमा २ रन चाहिएकोमा पावेललाई कुमारले एलबीडब्लूमा फसाएपछि हैदरावाद १ रनले विजयी भएको हो। 

राजस्थानका रियान परागले ४९ बलमा सर्वाधिक ७७ रन बनाए। यस्तै यशस्वी जैसवालले ४० बलमा ६७ रन जोडे। 

हैदरावादका भुवनेश्वर कुमारले ३ विकेट लिए। यस्तै प्याट कमिन्स र नटराजनले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। जितपछि हैदरावाद १० खेलमा १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ। राजस्थान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा यथावत छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०६:३०
Weather Update