एयरटेलले इन्टरनेट लिङ्क काटिदिँदा नेपालमा सेवा प्रभावित बिहीबार, वैशाख २०, २०८१

पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २०, २०८१ घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इन्जिनियर बराल, सव–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कर्मचारी सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
![एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/karmachari1690505255.jpg)
एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ? [सूचीसहित] बिहीबार, वैशाख २०, २०८१ सरकारले एकैपटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा गरेको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको हो।
-1714648838.jpg)
सुकुम्बासीका पक्षमा ओली, भन्छन्– डोजर आतंकले समस्या समाधान हुँदैन बिहीबार, वैशाख २०, २०८१ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन्। उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए। बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्ने बताए।

देशभर ४ सय ३६ स्थानमा डढेलो बिहीबार, वैशाख २०, २०८१ देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ५३ जिल्लाका ९ सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ। प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए। ‘आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ।...

शेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार पनि घट्यो बिहीबार, वैशाख २०, २०८१ शेयर बजार परिसूचक नेप्से बिहीबार ७.३१ अंकले घट्दै १९९८.९६ बिन्दुमा बजार रोकिएको छ। गत मंगलबार दोहोरो अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन करेक्सन देखिएको छ।बजार बन्द हुनु आधा घण्टाअघि मात्रै परिसूचक ओरालो लागेको हो। ९४ लाख ९८ हजार २९८ कित्ता शेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा...

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित बिहीबार, वैशाख २०, २०८१ बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी–६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य...

१२ प्रतिशतले बढे पर्यटक, सबैभन्दा धेरै भारतबाट बिहीबार, वैशाख २०, २०८१ नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ। पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन २०२३ को अप्रिलको तुलनामा सन २०२४ को अप्रिल सो संख्यामा पर्यटकको आगमन बढेको हो।

कोशीमा एमालेको बटमलाइन– वैशाख २५ गतेभित्र मुख्यमन्त्रीबाट विश्वासको मत, नभए राजीनामा बिहीबार, वैशाख २०, २०८१ कपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत नलिए नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्ने धारणा अघि सारेको छ। कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्।त्यस्तै भण्डारीले कोशी प्रदेशसभामा बहुमतले पारित संकल्प...

नेपालको लगातार तेस्रो हार, एक खेलअघि नै सिरिज वेस्ट इन्डिजको कब्जामा बिहीबार, वैशाख २०, २०८१ चौथो टी२० मा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत नेपालले वेस्ट इन्डिज 'ए'सँग २८ रनको पराजित भोगेको छ।पराजयसँगै नेपालले एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज कब्जा गरेको छ।

एकीकृत निर्वाचन व्यवस्थापन विधेयकबारे सरकारले वेवास्ता गर्योः प्रमुख आयुक्त थपलिया बिहीबार, वैशाख २०, २०८१ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा आयोगले सरकारसमक्ष पेस गरेपनि अझसम्म अगाडि बढ्न नसकेको गुनासो गरेका छन्।
-1714639965.jpg)
सुन्तला बेचेर म्याग्दीमा किसानले गरे २१ करोड आम्दानी बिहीबार, वैशाख २०, २०८१ म्याग्दीका किसानले सुन्तला बेचेर यो वर्ष २१ करोडभन्दा बढी आम्दानी गरेका छन्। सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो।म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार ६ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत...

गृहमन्त्रीको उद्घोष– पहुँचका आधारमा कैदीको माफी मिनाहा गर्ने प्रवृत्तिको अन्त्य गर्छु बिहीबार, वैशाख २०, २०८१ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पहुँचका आधारमा कैदीहरुको माफी मिनाहा हुने प्रवृत्तिको अन्त्य गर्ने उद्घोष गरेका छन्। बिहीबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ स्थित नौवस्तामा नवनिर्मित कारागार कार्यालयको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।









