News Griha :: न्यूजगृह
सुकुम्बासीका पक्षमा ओली, भन्छन्– डोजर आतंकले समस्या समाधान हुँदैन 

काठमाडौं— पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन्। उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए।  

बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्ने बताए। 

Prabhu Bank

उनले भने, ‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौँ। डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ। सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन्। उनीहरुलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ।’

त्यस्तै जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिबविरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए। 

उनले भने, ‘अहिले हामी सरकारमा आएका छौँ। तर विभिन्न बहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन्।  जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु। लोकतन्त्रमा जे पनि गर्न मिल्दैन।  सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ।’

त्यसैगरी आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औँल्याए। 

उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ। मैले प्रधानमन्त्री हुँदा भनेको थिएँ भोकमरीले कोही मर्दैनन्। अर्कोपटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु। सडकमा मान्छे भोकै सुत्दापनि सरकार चलाएको छु भन्न मिल्छ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु। सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ। जहाँसुकै जाउ भन्न मिल्दैन।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:०६
राजनीति
विशेष
Weather Update