News Griha :: न्यूजगृह
१२ प्रतिशतले बढे पर्यटक, सबैभन्दा धेरै भारतबाट 
फाइल तस्बिर

काठमाडौं— नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ। पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन २०२३ को अप्रिलको तुलनामा सन २०२४ को अप्रिल सो संख्यामा पर्यटकको आगमन बढेको हो। 

सन २०२३ को अप्रिलमा कुल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन २०२४ को सोही अवधिमा १ लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन्। बोर्डका अनुसार सन २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन २०२० मा १४ र सन २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए।

Prabhu Bank

बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रिने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन्। सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक ९ हजार ९ सय ४७, चिनियाँ ९ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन्। 

साथै बेलायतबाट ५ हजार ३ सय ९१, अष्ट्रेलियाबाट ४ हजार एक सय १०, बङ्गलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५, जर्मनीबाट ३ हजार दुई सय ७०, रसियाबाट २ हजार २ सय ७७ र मलेसियाबाट २ हजार तीन सय १० पर्यटक नेपाल आएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:५८
राजनीति
विशेष
Weather Update