News Griha :: न्यूजगृह
गृहमन्त्रीको उद्घोष– पहुँचका आधारमा कैदीको माफी मिनाहा गर्ने प्रवृत्तिको अन्त्य गर्छु 

काठमाडौं—उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पहुँचका आधारमा कैदीहरुको माफी मिनाहा हुने प्रवृत्तिको अन्त्य गर्ने उद्घोष गरेका छन्। 

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ स्थित नौवस्तामा  नवनिर्मित कारागार कार्यालयको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। 

Prabhu Bank

‘कैद मिनाहा र माफी गर्ने परम्परामा कसैको पनि चलखेल नहोस्। जो मान्छे त्यसका लागि योग्य हुन्छ उसका परिवारले निर्वाध रुपमा निवेदन दिन सकुन्,’ उनले भने, ‘तर कथंकदाचित राजनीतिक आग्रह र पूर्वाग्रहका कारणले संविधानले दिएका भन्दा बढी अधिकारको प्रयोग गरेर माफी मिनाहाका लागि खल्तीबाट नाम निकालेर राखिदिने, अनि जसले चाँही साच्चै माफी मिनाहा पाउनुपर्नेछ उसले चाँही पहुँचै नभएर माफी मिनाहा नहुने अवस्थाको अन्त्यका लागि गृह मन्त्रालय सदाका लागि प्रतिवद्ध भएर बसेको छ।’  

त्यस्तै कैदीबन्दीहरुलाई आफ्नो आचरण सुधार गर्नुपर्ने विषयमा सुझाव दिँदै माफी मिनाहका लागि परिवारलाई शक्तिकेन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य गरिने समेत बताए।  

विभिन्न कारणले कैद अवस्थामा रहेका कैदीबन्दीहरुलाई कैद मुक्त भएपछि असल आचारणका साथ सामाजिक जीवन बाच्नका लागि समेत आग्रह गरे। 

त्यस्तै यसअघि आफूले संविधानविपरित कैदीहरुको माफी मिनाहा गरिएको विषयमा आफूले विरोध गर्दै आएकोमा अबका दिनमा त्यसलाई परिवर्तन गर्ने बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:२२
राजनीति
विशेष
Weather Update