News Griha :: न्यूजगृह
एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ? [सूचीसहित]

काठमाडौं— सरकारले एकैपटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा गरेको छ। 

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको हो। 

यसरी सरुवा हुनेमा अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन्।  

Prabhu Bank

सरुवा सूची अनुसार हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत पितानाथ लुइटेललाई बाराको कोल्हवी नगरपालिकामा सरुवा गरिएको छ। उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित सरुवा गरिएको हो। 

त्यस्तै गुल्मीको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका हरिप्रसाद अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ। 

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव शिवप्रसाद हुमागाईँलाई भक्तपुरको चाँगुनारायण नगरपालिकामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:३६
राजनीति
विशेष
Weather Update