News Griha :: न्यूजगृह
शेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार पनि घट्यो    

काठमाडौं— शेयर बजार परिसूचक नेप्से बिहीबार ७.३१ अंकले घट्दै १९९८.९६ बिन्दुमा बजार रोकिएको छ। गत मंगलबार दोहोरो अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन करेक्सन देखिएको छ।

बजार बन्द हुनु आधा घण्टाअघि मात्रै परिसूचक ओरालो लागेको हो। ९४ लाख ९८ हजार २९८ कित्ता शेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको छ।

Prabhu Bank

गत मंगलबार बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ बिन्दुमा पुग्दा  साताकै सर्वाधिक ४ अर्ब ८० करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

साताका पहिलो र दोस्रो दिन अस्वाभाविक रुपमा बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको थियो। गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो। बिहीबार लघुवित्त उपसमूहको अवस्था त्यस्तै छ। ३.४५ प्रतिशतले अस्वाभाविक रुपमा बढेको छ। 

आज १३ मध्ये लघुवित्त र व्यापार बाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक २.०३ प्रतिशतले घट्नेमा विकास बैंक उपसमूह छ। १६१ कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा रहे। ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा आइएमई लाइफ इन्स्योरेन्स पहिलो बनेको छ। उक्त बीमा कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाख, नेपाल फाइनान्सको शेयर १० करोड ५६ लाख रुपैयाँको शेयर किचबेच भएको छ। 

शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा तीन लघुवित्त परेका छन्। समता घरेलु, इन्फिनिटी  र साधना लघुवित्तको शेयरमा अस्वाभाविक बढोत्तरी भएको हो । विजल लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ।  

शेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पिपुल्स पावर, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपपेन्ट बैंक, हिमालयन हाइड्रोपावर छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:३६
राजनीति
विशेष
Weather Update