News Griha :: न्यूजगृह
गुडिरहेको ट्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
गुडिरहेको ट्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो।  
उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव
उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रिपरिषद्मा समेत त्यसको असर परेको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको स्रोतले बताएको छ। उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष हुन्।
प्रचण्डको प्रष्टोक्ति– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन्
प्रचण्डको प्रष्टोक्ति– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन् आइतबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले भने, 'कुतर्क कसैले पनि नगरौँ। जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ। पासपोर्टको इस्युले गर्दा समस्या भएको हो। त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भन्नु बेतुकको तर्क हो।' 
खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु
खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।
मधेसमा नयाँ सरकार गठनको कसरत सुरु, एमालेले नेतृत्व गर्ने
मधेसमा नयाँ सरकार गठनको कसरत सुरु, एमालेले नेतृत्व गर्ने मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार बनाउने खेल सुरु हुन थालेको छ।यसैबीच मधेसमा एमाले नेतृत्वको सरकार बन्ने चर्चा चल्न थालेको छ। माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतसहितको समर्थनमा नयाँ...
प्रचण्ड सरकारबाट बाहिरिने तयारीमा जसपा नेपाल
प्रचण्ड सरकारबाट बाहिरिने तयारीमा जसपा नेपाल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ।नेकपा एमाले र माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो।जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल भइरहेको बताए। यस विषयमा केन्द्रीय समिति बैठकमा...
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौं महानगर 
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौं महानगर  काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी कारबाही गर्ने जनाएको छ। हाल कामपामा १ हजार ९ सय ५३ सहकारी  सञ्चालनमा  छन्। जसमध्ये ९ सय ५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गर्ने गरेका कामपाले जनाएको छ। 
मधेसमा एमालेले पनि लियो समर्थन फिर्ता, मुख्यमन्त्री यादव अल्पमतमा 
मधेसमा एमालेले पनि लियो समर्थन फिर्ता, मुख्यमन्त्री यादव अल्पमतमा  नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केहीबेरअघि ४ मन्त्री र २ राज्यमन्त्रीले मधेस प्रदेश सरकारबाट राजीनामा दिएका थिए।उनीहरुले राजीनामा बुझाए लगत्तै मधेसमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले मधेस प्रदेशका सदस्य हरिनारायण महतोले न्यूजगृहलाई जानकारी दिए। 
गाजामा तत्काल युद्धबिराम र बन्धकलाई रिहा गर्न गुटेरेसको आह्वान
गाजामा तत्काल युद्धबिराम र बन्धकलाई रिहा गर्न गुटेरेसको आह्वान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजामा इजराइल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गरेका छन्।
माओवादीले छाड्यो मधेस प्रदेश सरकारको साथ, समर्थन फिर्ता 
माओवादीले छाड्यो मधेस प्रदेश सरकारको साथ, समर्थन फिर्ता  नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आइतबार नै मधेस प्रदेश सरकारका दुई मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए। मन्त्रीहरुले राजीनामा बुझाए लगत्तै माअ‍ोवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्।
एमाले प्रमुख सचेतक भन्छन्– कांग्रेस समितिको नाममा सरकार मागिरहेको छ
एमाले प्रमुख सचेतक भन्छन्– कांग्रेस समितिको नाममा सरकार मागिरहेको छ प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ। सभामुख देवराज घिमिरेले आइतबार बोलाएको कानुनमन्त्री र प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो दाबी गरेका हुन्। कांग्रेसले गरेको संसदीय छानबिन समिति गठनको माग कानुनसम्मत...
लक्ष्मणलाई अभिशाप बन्यो खडीखानीको सपना  
लक्ष्मणलाई अभिशाप बन्यो खडीखानीको सपना   कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो। खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जानु हुन्थ्यो।  
Weather Update