News Griha :: न्यूजगृह
राजस्थानमाथि ५ विकेटको जितसँगै चेन्नई तेस्रो स्थानमा उक्लियो

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो।

यो जितपछि चेन्नईको १३ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग आगामी शनिबार खेल्ने छ।

त्यसैगरी राजस्थान रोयल्सको भने १२ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २०:०८
Weather Update