News Griha :: न्यूजगृह
लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने बाध्यता अन्त्य गर्न माग
लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने बाध्यता अन्त्य गर्न माग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन्।मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्रियामा समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त संशोधन गर्नुपर्ने वक्ताहरुले धारणा राखेका हुन्।
कांग्रेसको चट्टानी अडान– संसदीय समिति नभए नीति तथा कार्यक्रम प्रस्तुत हुन दिन्नौँ 
कांग्रेसको चट्टानी अडान– संसदीय समिति नभए नीति तथा कार्यक्रम प्रस्तुत हुन दिन्नौँ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिनका लागि समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा पनि यसअघिकै मागलाई निरन्तरता दिने निर्णय गरेको हो।  मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको...
शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आवद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।
सुनको मूल्यमा सामान्य गिरावट 
सुनको मूल्यमा सामान्य गिरावट  सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्यास, सवारी चाप व्यवस्थित हुने विश्वास 
प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्यास, सवारी चाप व्यवस्थित हुने विश्वास  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ को शिलान्यास गरेका छन्। 
उपेन्द्र यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल
उपेन्द्र यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्। ‘आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ उनले भने। 
संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई सभामुखको फोन 
संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई सभामुखको फोन  सभामुख देवराज घिमिरेले संसद्मा जारी गतिरोध अन्त्य लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। सोमबार बिहान सभामुख घिमिरेले प्रधानमन्त्रीसँग फोनवार्ता गरी नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका हुन्। उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको सभामुखका प्रेस संयोजक...
कोशी प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने 
कोशी प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ। गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। उनको दल नेकपा एमालेको ३९ र माओवादी केन्द्रको १३ प्रदेश सभा गरी ५२ जनाको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए।
कांग्रेस संसदीय दलको बैठक सर्‍यो 
कांग्रेस संसदीय दलको बैठक सर्‍यो  नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ। यसअघि कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार बिहान ९ बजेका लागि सारेको हो। कांग्रेसको कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेबाट संसदीय दलको बैठक बस्नेछ। 
बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष: विकास र समृद्धिलाई प्राथमिकता
बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष: विकास र समृद्धिलाई प्राथमिकता नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेला सकिएको छ।भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ।
कपडामा लेपन गरेर सुन तस्करी, ५ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय पक्राउ
कपडामा लेपन गरेर सुन तस्करी, ५ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय पक्राउ लगाएको कपडामा सुन लेपन गरेर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले पाँच केजी सुन बरामद गरेको छ। 
ग्वार्को आगलागी घटनामा थप एकको मृत्यु
ग्वार्को आगलागी घटनामा थप एकको मृत्यु भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो। पछिल्लोपटक सञ्जयकी श्रीमती ३२ वर्षीया रुपाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए।
Weather Update