News Griha :: न्यूजगृह
कपडामा लेपन गरेर सुन तस्करी, ५ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय पक्राउ
तस्बिरः विमानस्थल प्रहरी

काठमाडौं—  लगाएको कपडामा सुन लेपन गरेर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले पाँच केजी सुन बरामद गरेको छ। 

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौं आउँदै गर्दा उनीहरु आइतबार साँझ पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेश गणेशन छन्। सुरेशकुमारको साथबाट २ केजी ६ सय ग्राम र गणेशनको साथबाट २ केजीपाँच सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुले हुडी, पेन्टी (अन्डवेयर) र पाइन्टमा सुनको लेपन पेस्ट गरेका थिए।

भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०९:५५
Weather Update