१ सय २४ जनालाई टर्की लैजाने भन्दै करोडौँ ठगी गर्ने एक जना पक्राउ सोमबार, वैशाख ३१, २०८१

संसद्को अवरोध हटाउन सभामुखको पहल, देउवा र लामिछानेसँग गरे संवाद सोमबार, वैशाख ३१, २०८१ नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।सोमबार दिउँसो टेलिफोनमार्फत सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति...

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब बढीको कारोबार सोमबार, वैशाख ३१, २०८१ साताको दोस्रो दिन आज शेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ बिन्दुमा पुगेको छ।९५ लाख ४१ हजार १७ कित्ता शेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। शेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत सोमबार, वैशाख ३१, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेश सभा बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले कार्कीले विश्वासको मत प्राप्त गरेका हुन्। ९३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ६२ प्रदेश सभा सदस्य उपस्थित रहेका थिए। बहुमतका लागि ४७ मत आवश्यक रहे पनि उनको...

जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, भोलि पेसी सोमबार, वैशाख ३१, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्। सोमबार दिउँसो सर्वोच्च पुगेर दल विभाजनविरुद्ध रिट दायर गरेका हुन्। केहीबेरअघि रिट दर्ता भएको र मंगलबार (भोलि) का लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए।

उपेन्द्रको राजीनामासँगै जसपा सरकारमा, प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै सोमबार, वैशाख ३१, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सामेल हुने भएको छ। अशोक राईले नेतृत्व गरिरहेको जसपाले आजै सरकारमा सामेल हुन लागेको हो। वर्तमान सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सोमबार, वैशाख ३१, २०८१ जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ। राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव ४ प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको...
-1715589035.jpg)
कोशीमा एकीकृत समाजवादीः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने सोमबार, वैशाख ३१, २०८१ कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजावदीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने भएको छ। आज बसेको प्रदेश सभा बैठकमा कोशी प्रदेश एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कमलप्रसाद जबेगुले बताए। मुख्यमन्त्री कार्कीले विश्वासको मत मागिसकेपछि बोलेका जबेगुले आफूहरुले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी गराए।

ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र सोमबार, वैशाख ३१, २०८१ गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत सोमबार, वैशाख ३१, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्। आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन्।
-1715587198.jpg)
कोशी प्रदेश सभा बैठक जारी, कांग्रेसले गर्यो बहिस्कार सोमबार, वैशाख ३१, २०८१ नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अहिले कोशी प्रदेश सभाको बैठक बसिरहेको छ। तर नेपाली कांग्रेस भने बैठकमा अनुपस्थित रहेको छ। गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त...
-1715586300.jpg)
दुर्गा मन्दिरः दलित समुदायले बनाए, गैरदलितले सघाए सोमबार, वैशाख ३१, २०८१ जिल्लाको व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन्। बेलवास बेनिकोट परियार समाजमा आवद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताए।

जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै सोमबार, वैशाख ३१, २०८१ तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो।


-1714474494.jpg)






