News Griha :: न्यूजगृह
१ सय २४ जनालाई टर्की लैजाने भन्दै करोडौँ ठगी गर्ने एक जना पक्राउ 

काठमाडौं— प्रहरीले १ सय २४ जना नेपाली नागरिकलाई टर्की पठाउने भन्दै करोडौँ ठगी गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा पोखरा घर भई काठमाडौंको चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सार्वजनिक गरेको हो।  

कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ परेका श्रेष्ठले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भन्दै ठगी गर्ने गरेका थिए। त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर १ सय २४ जना टर्की जान तयार भएको अनुसन्धानबाट खुल्न आएको छ।

श्रेष्ठले ४ जना व्यक्तिलाई भारत समेत पुर्याएका थिए। टर्की जाने प्रलोभनमा परी भारत पुगेका उनीहरुले भारतीय  एजेन्टमार्फत् थप ३ लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको एसएसपी सानुराम भण्डारीले बताए। 

भारतमा रकम लिएर कोही पनि सम्पर्कमा नआएपछि पीडितहरु नेपाल फर्किएर प्रहरीमा उजुरी दिएका थिए। श्रेष्ठले टर्की लैजाने भन्दै १ सय २४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएका थिए। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:१३
Weather Update