विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको बिक्री सोमबार, वैशाख ३१, २०८१

आईपीएलमा आज गुजरात र कोलकाता भिड्दै, प्लेअफमा पुग्न जित्नै पर्ने दबाबमा गुजरात सोमबार, वैशाख ३१, २०८१ अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। जारी आईपीएलमा कोलकाता प्लेअफका लागि छनौट भइसकेको छ। कोलकाताले १२ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

बागमती प्रदेश सभाको बजेट अधिवेशन आजबाट सोमबार, वैशाख ३१, २०८१ बागमती प्रदेश सभाको बैठक सोमबार बस्दै छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका छन्। बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेश सभाको आजको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै सोमबार, वैशाख ३१, २०८१ अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन्। उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ। यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ।

पेस्तोल देखाएर सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ सोमबार, वैशाख ३१, २०८१ गत वैशाख ४ गते धनुषाको सबैला–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम–१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।
![धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [हेर्नुहोस् सूची] सोमबार, वैशाख ३१, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।...

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिने उपेन्द्र यादवको तयारी सोमबार, वैशाख ३१, २०८१ जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने विषयमा छलफल भएको छ।सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपा नेपालले जनाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई...

युनाइटेडलाई हराएको आर्सनल लिगको शीर्षस्थानमा सोमबार, वैशाख ३१, २०८१ म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो।

कांग्रेस संसदीय दलको बैठक बस्दै सोमबार, वैशाख ३१, २०८१ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्दै छ।कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

आईपीएलमा आरसीबीको लगातार पाँचौँ जित, दिल्ली ४७ रनले पराजित सोमबार, वैशाख ३१, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) अकं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो।

आज र भोलि यी स्थानमा हुनेछ वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्यो पानी? सोमबार, वैशाख ३१, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते आइतबार, वैशाख ३०, २०८१ वनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प. ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-००६ ख. २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

कलाकार उज्वल केसीको निधन आइतबार, वैशाख ३०, २०८१ उनको हृदयघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए।









