News Griha :: न्यूजगृह
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको वनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।अनियन्त्रित भइ मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो।

वनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प. ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-००६ ख. २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका-७ की इन्दिरा अधिकारी रहेकी छन्। उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन्।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मोटरसाइकल चालक सन्तोष घाइते छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:१४
Weather Update