News Griha :: न्यूजगृह
कलाकार उज्वल केसीको निधन

काठमाडौं— कलाकार तथा म्युजिक भिडिओ निर्देशक उज्वल केसीको निधन भएको छ।

उनको हृदयघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। 

लामो समयदेखि बेल्जियम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो।

केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २०:५४
Weather Update