शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार आइतबार, वैशाख ३०, २०८१

विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर, ४० करोड बढी भ्रष्टाचारको आरोप आइतबार, वैशाख ३०, २०८१ सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ। पौडेलविरुद्ध भ्रष्टाचारको आरोपमा यसअघि नै यसअघि नै दुईवटा मुद्दा रहेको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा...

संकटमा मधेस प्रदेश सरकार, एमाले र माओवादीले समर्थन फिर्ता लिँदै आइतबार, वैशाख ३०, २०८१ मधेस प्रदेशबाट नेकपा एमाले पनि बाहिरिने भएको छ। त्यसबारेमा छलफलका लागि अहिले मधेस प्रदेश एमाले संसदीय दलको बैठक बसिरहेको छ। आज नै नेकपा माओवादी केन्द्रले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, आज ५० औँ स्थानमा आइतबार, वैशाख ३०, २०८१ काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ। गत वैशाख २० गते विश्वको पहिलो प्रदूषित शहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज भने ५० औँ नम्बरमा पुगेको हो।

नेपाली चलचित्र ‘रावायण’का गीतमा भारतीय गायक गायिकाको स्वर आइतबार, वैशाख ३०, २०८१ छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीत भारतमा रेकर्ड गरिएको छ। फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो।शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ। नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी...

दाउरा खोज्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु आइतबार, वैशाख ३०, २०८१ वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ।
-1715505849.jpg)
राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री प्रचण्ड आइतबार, वैशाख ३०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। आइतबार दिउँसो राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन्।भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
-1715505293.jpg)
कानुनमन्त्रीसहित प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा सभामुख आइतबार, वैशाख ३०, २०८१ सभामुख देवराज घिमिरेले कानुनमन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुखले नीति तथा कार्यक्रम, संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल थालेका हुन्। जारी छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु रहेका छन्।
![राष्ट्र बैंकको ९ महिनाको तथ्यांकः आर्थिक सूचकहरु सकारात्मक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/rastra-bank-1715504122.jpg)
राष्ट्र बैंकको ९ महिनाको तथ्यांकः आर्थिक सूचकहरु सकारात्मक [पूर्णपाठ] आइतबार, वैशाख ३०, २०८१ चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन्। यो अवधिसम्ममा मुद्रास्फीति बाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ।
कांग्रेसको मागबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्– भोलि साँझसम्म हामी निष्कर्षमा पुग्छौँ आइतबार, वैशाख ३०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघि सारेका मागमा आफू गम्भीर रहेको बताएका छन्। सदनमा भइरहेको अवरोध हटाउने प्रयासस्वरुप आज कांंग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले आजको छलफल निष्कर्षमा नपुगेपनि सोमबार साँझसम्म एउटा निष्कर्षमा पुगेर नीति तथा कार्यक्रम सहज ढंगले अघि बढाउने गरी छलफल...
-1715502004.jpg)
पानी नआएपछि भत्किन थाले धारा आइतबार, वैशाख ३०, २०८१ खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ। धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन्। खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन्।
-1715501148.jpg)
काठमाडौं महानगरले सुरु गर्यो ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर’ आइतबार, वैशाख ३०, २०८१ काठमाडौं महानगरपालिका आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर’ सुरु गरेको छ।‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नम्बर १७ को खुशिबु बुद्धपार्कबाट शिविर थालेको हो। यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुनेछन्।
-1714474494.jpg)
बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चारै जना नाबालक आइतबार, वैशाख ३०, २०८१ काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ।









