News Griha :: न्यूजगृह
खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु

प्यूठान— प्यूठानमा खेत जोत्ने क्रममा करेन्ट लागेर आइतबार एक किसानको मृत्यु भएको छ। 

नौवहिनी गाउँपालिका–६ का २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।

परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:२५
Weather Update