News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रमः राजनीति गर्ने शिक्षकहरुलाई थप कडाइ गरिने 
नीति तथा कार्यक्रमः राजनीति गर्ने शिक्षकहरुलाई थप कडाइ गरिने  सरकारले शिक्षकहरुले राजनीतिक दलको सदस्यता लिने प्रवृत्तिलाई थप कडाइ गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा राख्न लागेको हो। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरुले राजनीतिक दलको सदस्य लिने प्रवृत्तिलार्ई निर्मूल पार्ने नीतिलाई...
यस्तो छ बाँदर नियन्त्रणका लागि सरकारको योजना 
यस्तो छ बाँदर नियन्त्रणका लागि सरकारको योजना  सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै वन्यजन्तुमैत्री पूर्वाधार निर्माण, जैविकमार्ग पुनःस्थापना, नवीन प्रविधिको प्रयोग तथा वैकल्पिक कृषिबाली प्रवद्र्धन...
हलिउड र बलिउडका निर्देशकहरुलाई नेपालमा आकर्षित गरिने
हलिउड र बलिउडका निर्देशकहरुलाई नेपालमा आकर्षित गरिने सरकारले चलचित्र पर्यटनलाई बढवा दिने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा पर्यटकलाई नेपालमा आकर्षित गरिने बताए। साथै चलचित्र पर्यटनको विकासका लागि हलिउड र बलिउडका चलचित्र निर्देशकहरुलाई नेपालमा चलचित्र निर्माणका लागि आकर्षित गरिने बताए।
सरकारले पानीजहाज दर्ताको कानुन बनाउने 
सरकारले पानीजहाज दर्ताको कानुन बनाउने  सरकारले पानीजहाज दर्ताको कानुन निर्माण गर्ने भएको छ।  आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।  ‘समुन्द्रमा चल्ने पानीजहाजको दर्ता गर्नका लागि कानुन निर्माण गरिनेछ,’ उनले भने।  
सरकारले ‘कृषि दशक’ मनाउने
सरकारले ‘कृषि दशक’ मनाउने सरकारले आउँदो आर्थिक २०८१/८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ। संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्। 
१ हजार युवालाई ‘स्टार्टअप’ का लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने 
१ हजार युवालाई ‘स्टार्टअप’ का लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने  सरकारले आगामी आर्थिक वर्षमा युवालाई केन्द्रमा राखेर योजना बनाएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १ हजार युवालाई स्टार्टअपका लागि सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा जानकारी दिएका हुन्। 
सहकारी समस्या समाधानदेखि लगानीको वातावरण निर्माणसम्म यस्तो छ सरकारको योजना
सहकारी समस्या समाधानदेखि लगानीको वातावरण निर्माणसम्म यस्तो छ सरकारको योजना सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल...
५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य
५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य सरकारले आगामी ५ वर्षमा फलफूल उत्पादनमा जोड दिने भएको छ। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ५ वर्षमा फलफूलमा आत्मनिर्भर बनी आयात निर्मूल पार्ने बताए। ‘आगामी ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बनिनेछन्,’ उनले भने। 
नीति तथा कार्यक्रम: सरकारले गरिब पहिचान गरी निःशुल्क बीमा गर्ने 
नीति तथा कार्यक्रम: सरकारले गरिब पहिचान गरी निःशुल्क बीमा गर्ने  सरकारले आगामी आर्थिक वर्षमा गरिबहरुको पहिचान गरी निःशुल्क बीमा गर्ने भएको छ। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा जानकारी गराएका हुन्। ‘आगामी आर्थिक वर्षमा गरिब पहिचान गरी निःशुल्क बीमा गरिनेछ,’ उनले भने। 
गिरीबन्धु टी–स्टेटका मजदुरले पाएनन् पारिश्रमिक
गिरीबन्धु टी–स्टेटका मजदुरले पाएनन् पारिश्रमिक जिल्लाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्। गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन्।बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ। 
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्को संयुक्त बैठक सुरु
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्को संयुक्त बैठक सुरु संघीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि आजका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको हो। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 
संसद् भवन पुगे राष्ट्रपति पौडेल 
संसद् भवन पुगे राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन्। आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।  
Weather Update