सरकारले पानीजहाज दर्ताको कानुन बनाउने
-1715682556.jpg)
काठमाडौं— सरकारले पानीजहाज दर्ताको कानुन निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
‘समुन्द्रमा चल्ने पानीजहाजको दर्ता गर्नका लागि कानुन निर्माण गरिनेछ,’ उनले भने।
अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:१४













