News Griha :: न्यूजगृह
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलालाई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन‘ प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने घोषणा गरेका हुन्। 
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ। मंगलबार साँझ बसेको राष्ट्रिय सभा बैठक कांग्रेसले अवरोध गरेको हो।बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा ओली अनुपस्थित
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा ओली अनुपस्थित राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।
कांग्रेसको प्रतिक्रिया- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन
कांग्रेसको प्रतिक्रिया- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको प्रतिक्रिया दिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका  छन्।लेखकले नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै देशमा रहेको आर्थिक मन्दीको बारेमा कुनै कार्यक्रम नै नरहेको बताएका छन्।
लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न ७७ जना पक्राउ
लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न ७७ जना पक्राउ प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आठ महिलासमेत छन्। 
आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको घोषणा
आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको घोषणा सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने घोषणा गरेको छ। 
अब शिक्षकले मासिक रुपमा तलब पाउने 
अब शिक्षकले मासिक रुपमा तलब पाउने  चार/चार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन्।  राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन्। 
भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने सरकारको नीति
भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने सरकारको नीति सरकारले नियामक निकायहरुलाई आवश्यक स्रोतसाधन र जनशक्तिसहित थप अधिकारसम्पन्न बनाइ भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने नीति लिएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै संघ, प्रदेश तथा स्थानीय तहलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धि रणनीति तथा कार्ययोजना कार्यन्वयनमा ल्याउन जिम्मेवार तुल्याइने बताए।  
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ]
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ] सरकारले आगामी आर्थिक २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा सरकारले आगामी वर्षमा सरकारले कस्ता कस्ता क्षेत्रलाई प्राथमिकता दिन्छ भन्ने विषयमा जानकारी गराए। 
ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने
ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गरे। 
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्। 
बञ्चरेडाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाइने
बञ्चरेडाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाइने सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ।उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा वर्षेनी समस्या आउने गरेको छ। स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन।  
Weather Update