News Griha :: न्यूजगृह
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने

काठमाडौं— सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने भएको छ।  

मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलालाई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन‘ प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने घोषणा गरेका हुन्। 

उनले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन तथा बलात्कार, छुवाछुत, लागूपदार्थ दुर्व्यसनी, दाइजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताए ।

बोक्सी, दाइजो प्रथालगायत कुरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले महिलाहरूमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताए ।

राष्ट्रपतिले यो कार्यक्रमको बुँदा घोषणा गर्नासाथ सदनमा हाँसो छुटेको थियो । प्रधानमन्त्रीसँग नजिकै बसेका उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ पनि मुखामुख गर्दै हाँसे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:१५
Weather Update