दिल्लीले लखनउलाई हरायो बुधबार, जेठ २, २०८१

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना बुधबार, जेठ २, २०८१ क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

यी प्रदेशमा आज पनि वर्षा बुधबार, जेठ २, २०८१ कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

इंग्लिस प्रिमियर लिगमा म्यान सिटीले टोटनहमलाई २-० ले हरायो बुधबार, जेठ २, २०८१ नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे। यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ।

मापदण्ड विपरीतका ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन मंगलबार, जेठ १, २०८१ सरकारले भाडामा लिएर ट्रायल चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि राष्ट्रिय सतर्कता केन्द्रले ती ट्रायल सेन्टरहरुले सरकारले तोकेको...

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने मंगलबार, जेठ १, २०८१ यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिने जमर्को गरेका मुख्यमन्त्री सोडारी एमालेको अड्कोले विश्वासको मत लिन सकेका थिएनन्। नवनिर्वाचित सांसद दमनबहादुर भण्डारीलाई शपथ नलिएर गठबन्धनमा छलफल नगरी हतार गरेर विश्वासको मत लिन खोजेको, बझाङ उपचुनावमा एमालेलाई हराउने गरी उम्मेदवार खडा गरेको तथा गठबन्धनभित्रको एमाले र एकीकृत...

पोखरामा प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना, अध्यक्षसहित ८ सञ्चालक पक्राउ मंगलबार, जेठ १, २०८१ कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ।ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ। यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो।

नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले मंगलबार, जेठ १, २०८१ सत्तारुढ नेकपा एमालेका नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन्।संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए।

भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार मंगलबार, जेठ १, २०८१ सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्याइयो।

दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम मंगलबार, जेठ १, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडि बढ्न नसकेको हो।

नीति कार्यक्रममा स्वास्थ्य क्षेत्र: सङ्घीय अस्पतालहरूको पुनर्संरचनादेखि ‘एक स्वास्थ्य नीति सम्म’ मंगलबार, जेठ १, २०८१ सरकारले संघीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनर्संरचना गरि मुख्य अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले भने, ‘वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति...

जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई पत्राचार मंगलबार, जेठ १, २०८१ सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ।आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्द गर्न भनेको हो।

कांग्रेसले घेर्यो प्रतिनिधि सभाको रोष्टम, बैठक स्थगित मंगलबार, जेठ १, २०८१ प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो।









