सुदूरपश्चिममा एमालेः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, तत्काल सरकारमा नजाने बुधबार, जेठ २, २०८१
घनश्यामको नजरमा एकीकृत समाजवादीका ११ चुनौतीहरु [पूर्णपाठ] बुधबार, जेठ २, २०८१ नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संगठन निर्माणका क्रममा विभिन्न ११ वटा समस्या तथा चुनौतीहरु औँल्याएका छन्।पार्टीको जारी महाधिवेशनमा आफ्नो सांगठनिक प्रतिवेदन पेस गर्दै संगठन निर्माणमा धेरै समस्याहरु रहेको र ती मध्ये मुख्य ११ चुनौतीहरुको बारेमा प्रकाश पारे। महासचिव भुसालले पार्टीमा एउटा पंक्ति निरन्तर प्रशिक्षण र संघर्षले विद्रोही बन्न...

१६औँ पञ्चवर्षीय योजनाको लक्ष्यः आर्थिक वृद्धिदर ७.३ प्रतिशत, जीडीपी २३ सय डलर बुधबार, जेठ २, २०८१ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औँ आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्। उनले यो योजना पूर्ण कार्यन्वयन हुने दाबी गरे।

एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रममा केन्द्रित बुधबार, जेठ २, २०८१ सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिएका छन्।

एउटा झुलले फर्कियो दुखी सदायको खुसि बुधबार, जेठ २, २०८१ लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्। बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन्।

सन्दीपको मुद्दामा सुनुवाइ जारी रहँदा उच्च अदालतमा समर्थकको भीड, सुरक्षा व्यवस्था कडा पारियो बुधबार, जेठ २, २०८१ उच्च अदालत पाटनका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी रहेको छ। यसअघि मंगलबार नै सन्दीपको मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिए पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको थियो। आज अन्तिम फैसला हुने तयारी गरिएकोमा उच्च अदालत पाटन परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मंगलबार उक्त मुद्दाको अन्तिम फैसला आउन सक्ने...
-1714474494.jpg)
६ सय ९० किलो गाँजासहित ४ जना पक्राउ बुधबार, जेठ २, २०८१ प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी, देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

एप्पलले लियो ‘तेन्जिङ’ फिल्म निर्माणको अधिकार बुधबार, जेठ २, २०८१ सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्ने भएका छन्। एप्पल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ।
-1715754750.jpg)
सरकार नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ २, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन्।नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित ‘नेपाल–ईयू व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
-1715153168.jpg)
दल विभाजनविरुद्ध उपेन्द्रको रिटको पेसी आज, सुनुवाइ हुँदै बुधबार, जेठ २, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिटको पेसी तोकिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार दल विभाजनविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए। उपेन्द्रले दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको एकल इजलासको तेस्रो नम्बरमा तोकिएको छ।

भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्छः एस जयशंकर बुधबार, जेठ २, २०८१ भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र इरानले संयुक्त रुपमा निर्माण गर्ने इरानी बन्दरगाहले सम्पूर्ण क्षेत्रलाई फाइदा हुने दाबी गरेका छन्।भारत र इरानले यस बिषयमा गरेको सम्झौताको अमेरिकाले कडा आलोचना गरेको थियो। अमेरिकालाई जवाफ दिनेगरी विदेशमन्त्री जयशंकरले आज यस्तो टिप्पणी गरेका हुन्।

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर बुधबार, जेठ २, २०८१ मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। मधेसमा बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो।मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? बुधबार, जेठ २, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ४ सय रहेको थियो। आज तोलामा १ हजारले वृद्धि भइ प्रतितोला सुन १ लाख ३८ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।









