सुदूरपश्चिममा एमालेः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, तत्काल सरकारमा नजाने

काठमाडौं— सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तत्काल सरकारमा नजाने भएको छ।
आज बसेको सुदूरपश्चिम प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो।
बैठकले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने तर बाहिरै बसेर सहयोग गर्ने निर्णय गरेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले न्यूजगृहलाई जानकारी दिए।
‘हामीले मुख्यमन्त्रीज्यूलाई विश्वासको मत दिने र बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेका छौँ,’ उनले भने।
गत बैशाख ६ गते सोडारीको दल एकीकृत समाजवादी, नेकपा एमाले, माओवादी केन्द्रसहितको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १४:५१