News Griha :: न्यूजगृह
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ 
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ  क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा बुधबार उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याउँदै निर्दोष ठहर गरेको हो।  
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको यो फिल्म मङ्गलबारबाट सिनेमाघर एपमा रिलिज भएको हो। विश्वभरका दर्शकले एपमार्फत यो फिल्म हेर्न सक्नेछन्।
सन्दीपको मुद्दामा फैसलाको तयारी 
सन्दीपको मुद्दामा फैसलाको तयारी  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे फैसलाको तयारी गरिएको छ। बुधबार उच्च अदालत पाटनमा सबै बहस सकिएपछि फैसलाको तयारी गरिएको हो। आज दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएसँगै अन्तिम फैसलाको तयारी भइरहेको छ। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ भएको थियो। 
मुगुको पाटनमा यार्सा संकलकको दुर्घटना बीमा
मुगुको पाटनमा यार्सा संकलकको दुर्घटना बीमा यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ। यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले संकलकहरुको दुर्घटना बीमा गरेको हो।
संसद्को अवरोध हटाउने सहमति खोज्न प्रचण्ड, ओली र लामिछाने छलफलमा 
संसद्को अवरोध हटाउने सहमति खोज्न प्रचण्ड, ओली र लामिछाने छलफलमा  संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली छलफलमा जुटेका हुन्। 
सन्दीपको मुद्दाको बहस सकियो, सीसीटीभी फुटेज हेरिने 
सन्दीपको मुद्दाको बहस सकियो, सीसीटीभी फुटेज हेरिने  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सबै बहस सकिएको छ। केहीबेरअघि उच्च अदालत पाटनमा दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि जारी सुनुवाइको बहस सकिएपछि सीसीटीभी फुटेज हेरिने भएको छ। न्यायाधीशद्वयले बहस सकिएपछि सन्दीप र गौशला–२६ बसेको होटलको सीसीटीभी फुटेज हेर्न भनेका...
ओलीको आक्रोशः अब संसद्मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रवि बोल्छन् 
ओलीको आक्रोशः अब संसद्मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रवि बोल्छन्  त्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने बताएका छन्। आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्को आगामी बैठकमा कांग्रेसलाई बोल्न नदिने भन्दै आक्रोश व्यक्त गरे। ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा कांग्रेस...
घट्यो शेयर बजार
घट्यो शेयर बजार चार दिनयता बढेको शेयर बजार बुधबार घटेको छ। नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ बिन्दुमा रह्यो। ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को बिन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता शेयर...
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश 
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश  तनहुँको व्यास नगरपालिकाको मतगणना पुनः गर्नुपर्ने भएको छ।उच्च अदालत कास्कीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश दिएको हो। उक्त निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशीले उम्मेदवारी दिएका थिए। पराजित भएका जोशीले पुनः मतदान गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तिम फैसला गर्दै...
भोलिबाट काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली 
भोलिबाट काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली  नेपाल विद्युत प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ। बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। 
धनुषामा ३ दिनमा डेढ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद
धनुषामा ३ दिनमा डेढ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा १ करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिए। 
Weather Update