-1715770493.jpg)
काठमाडौं— संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्।
बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली छलफलमा जुटेका हुन्।
बिहीबारका लागि संसद् बैठक आह्वान गरिएको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानको विषयमा छानबिन गर्न माग गरिरहेको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि कांग्रेसको कारण धन्यवाद प्रस्ताव समेत पेस हुन पाएको थिएन।
जारी छलफलमा संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको छ।
त्यसो त आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आफूले भोलिको बैठकमा जसरी पनि सहमति खोज्ने बचन दिएका थिए।