
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा बुधबार उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याउँदै निर्दोष ठहर गरेको हो।
मंगलबारबाट उच्च अदालत पाटनमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको थियो। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले अन्तिम फैसला गर्दै निर्दोष ठहर गरेको हो।
आज सबै पक्षको बहससहित जवाफी बहस समेत सकिएपछि सन्दीप र गौशला २६ बसेको होटलको सीसीटीभी फुटेज समेत हेरिएको थियो।
सन्दीपलाई बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो।जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले गत फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
उक्त मुद्दामा सफाइ पाएसँगै उनले अब टी२० वर्ल्डकप खेल्ने बाटो खुलेको छ।