-1715766982.jpg)
काठमाडौं— तनहुँको व्यास नगरपालिकाको मतगणना पुनः गर्नुपर्ने भएको छ।
उच्च अदालत कास्कीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश दिएको हो।
उक्त निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशीले उम्मेदवारी दिएका थिए। पराजित भएका जोशीले पुनः मतदान गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तिम फैसला गर्दै उच्च अदालत कास्कीले पुनः मतगणना गर्न आदेश दिएको हो।
उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको हो।
जोशीले मतगणनामा धाँदली भएको भन्दै २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए।
उक्त निर्वाचनमा जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका थिए भने बैकुण्ठ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए।
जोशी कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन्। उनले एमालेसँग साथ लिएर निर्वाचनमा होमिएका थिए।