सुनकाे मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ४० हजार पुग्यो बिहीबार, जेठ ३, २०८१

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते बिहीबार, जेठ ३, २०८१ जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
-1715836389.jpg)
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा कांग्रेस र नाउपा रेशम पक्षको अवरोध, ३० मिनेटका लागि स्थगित बिहीबार, जेठ ३, २०८१ सुदूरपश्चिम प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले अवरोध खडा गरेको छन्। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो। तर कांग्रेस र नाउपा ५ प्रदेश सभा सदस्यले सुरुमै अवरोध खडा गरेको थियो। बैठकमा बोल्दै नाउपाका प्रदेश सभा...

सुदूरपश्चिममा माओवादीले दलको नेताबाट हटाइएका भट्टलाई वरियतामा माथि राख्ने बिहीबार, जेठ ३, २०८१ सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई दलको वरियताको सबैभन्दा माथि राख्ने भएको छ। आज बसेको सुदूपश्चिम प्रदेश सभा माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रदेश सभा सदस्य ओम विक्रम भाटले जानकारी दिए।

एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने बिहीबार, जेठ ३, २०८१ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ। पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गर्नुभएको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान बिहीबार, जेठ ३, २०८१ हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ।

विमानस्थलबाट निरन्तर सुन तस्करीः २ महिनामा समातियो ५२ किलो सुन बिहीबार, जेठ ३, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ। यही वर्ष भेपमा ९ र ब्रेक सुमा ६१ किलो सुन तस्करी भएका ठूला तस्करीका मुद्दा ताजै छन् भने ६ वर्षअघि सार्वजनिक भएको ३३ किलो सुन प्रकरणले समेत काठमाडौं विमानस्थल भएर सुन तस्करीका गिरोह सक्रिय भएको पुष्टि...
-1714474494.jpg)
नक्कली डाक्टर पक्राउ बिहीबार, जेठ ३, २०८१ जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।

गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री फिको खतरा मुक्त बिहीबार, जेठ ३, २०८१ युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ। ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउन्ड गोली हानेका थिए। आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ।पाँच राउन्ड गोली हानेकोमा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो। पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको...

पाल्पा जीप दुर्घटना: घाइते २ जनाको मृत्यु बिहीबार, जेठ ३, २०८१ पाल्पा बुधबार बेलुका पाल्पामा भएको जीप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन्।उनीहरूको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।...

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो बिहीबार, जेठ ३, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड सहितका विदेशी मुद्राहरूको मूल्य बढेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने बिहीबार, जेठ ३, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिँदै छन्।बिहान १०:३० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ।सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रियामा जान लागेका हुन्।

यी प्रदेशमा आज वर्षाको सम्भावना बिहीबार, जेठ ३, २०८१ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।









