काठमाडौं— चार दिनयता बढेको शेयर बजार बुधबार घटेको छ। नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ बिन्दुमा रह्यो।
८४ लाख ९० हजार ७२२ कित्ता शेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।
मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को बिन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको थियो।
आज १३ उपसमूहमा उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेक सबै घटेका छन्। १७१ कम्पनीको शेयरमूल्य घट्दा ६६ कम्पनीको मात्रै बढेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुनेमा पिपुल्स पावर छ। उक्त कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै नेपाल फाइनान्सको १० करोड ९४ लाख, सांग्रिला विकास बैंकको ७ करोड ९८ लाख, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख र शिवम् सिमेन्टको ७ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
घटेको बजारमा पनि दुई लघुवित्तका लगानीकर्ता शेयरमूल्य बढेर सर्किट लाग्दा फाइदामा रहे भने एउटा लघुवित्तको नेगेटिभ सर्किट लागेको छ। उपकार र युनिक नेपाल लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको हो। यस्तै शेयरमूल्य घटेर सर्किट लाग्नेमा गुराँस लघुवित्त छ।