News Griha :: न्यूजगृह
ओलीको आक्रोशः अब संसद्मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रवि बोल्छन् 

काठमाडौं— सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने बताएका छन्। 

आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्को आगामी बैठकमा कांग्रेसलाई बोल्न नदिने भन्दै आक्रोश व्यक्त गरे। 

‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा कांग्रेस कराउने, कहाँ हुन्छ त्यो। कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ होइन भने हामी बोल्छौँ,’ ओलीले भने। 

त्यस्तै कांग्रेसले बल देखाएर संसद्लाई तर्साउन खोजेको आरोप लगाए।

गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न राज्यका निकाय रहे पनि कांग्रेस आफैँ छानबिनका लागि अघि सरेको भन्दै आक्रोश व्यक्त गरे। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:०३
Weather Update