News Griha :: न्यूजगृह
दल विभाजनविरुद्ध उपेन्द्रको रिटको पेसी आज, सुनुवाइ हुँदै 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिटको पेसी तोकिएको छ। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार दल विभाजनविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए। 

उपेन्द्रले दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको एकल इजलासको तेस्रो नम्बरमा तोकिएको छ। उक्त रिटमाथि सुनुवाइ भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ। 

अशोक राईले यादव नेतृत्वको जसपा नेपालबाट ७ सांसद र बहुमत केन्द्रीय सदस्यसहित नयाँ दल गठन गरेका छन्।

राजनीतिक दल विभाजनसम्बन्धी ऐन निष्कृय भएको अवस्थामा नयाँ दललाई मान्यता दिइएको भन्दै यादवले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले दल विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजीको माग गरेका छन्। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:०७
Weather Update