News Griha :: न्यूजगृह
घनश्यामको नजरमा एकीकृत समाजवादीका ११ चुनौतीहरु [पूर्णपाठ]
फाइल तस्बिर

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संगठन निर्माणका क्रममा विभिन्न ११ वटा समस्या तथा चुनौतीहरु औँल्याएका छन्।

पार्टीको जारी महाधिवेशनमा आफ्नो सांगठनिक प्रतिवेदन पेस गर्दै संगठन निर्माणमा धेरै समस्याहरु रहेको र ती मध्ये मुख्य ११ चुनौतीहरुको बारेमा प्रकाश पारे। 

महासचिव भुसालले पार्टीमा एउटा पंक्ति निरन्तर प्रशिक्षण र संघर्षले विद्रोही बन्न सक्ने र अर्को पंक्ति विद्रोह मात्रै गरेर पार्टी निर्माणमा समस्या बन्ने गरेको औल्याए। 

‘एउटा पंक्ति निरन्तर प्रशिक्षण र संघर्षले क्रान्तिकारी विद्रोही बन्न सक्छ भने अर्को पंक्ति विद्रोही मात्रै रहिरहन्छ, पार्टी निर्माणमा समस्या बनिरहन्छ। यिनीहरुको समाूहिक विधि–विधान अवज्ञा गर्न सक्छन्। विद्रोहमा जसरी आएका थिए त्यसैगरी जान सक्छन्। अवसर नै उनीहरुका लागि सिद्धान्त हो, क्रान्ति हो, पार्टी हो सबथोक हो,’ भुसालको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

महासचिव भुसालले नेकपा एमालेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरुको ठूलो संख्या एकीकृत समाजवादीमा आएको तर लामो समयसम्म उपयुक्त जिम्मेवारी दिन नसक्दा उनीहरु पूरानै पार्टीमा फर्किएको बताए। जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयौँ नेताहरु सांगठनिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा रहेको बताएका छन्। 

त्यस्तै संसद् विघटनको विरुद्ध र संविधानको रक्षाका लागि उभिएका कारण सुरुमा पार्टीप्रति राजनीतिक चेतना भएको जमात र सञ्चारजगतको आकर्षण रहे पनि अहिले त्यो आकर्षण कमजोर हुँदै गइरहेको उनले बताएका छन्। 

‘संसद् र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चार माध्ययममा हाम्रो पार्टीप्रति प्रयाप्त आकर्षण थियो। तर पार्टीमा विद्यमान सांगठनिक तथा राजनीतिक कमजोरीहरुले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको,’ प्रतिवेदनमा उल्लेख छ।  

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:२९
Weather Update