नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा ओली अनुपस्थित

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।
संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन्।
स्रोतका अनुसार ओलीको स्वास्थ्य राम्रो नभएकोले संसद्मा अनुपस्थित रहेको बताइएको छ।
उनलाई रुघाखोकी लागेको बुझिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १८:०४













