५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य

काठमाडौं— सरकारले आगामी ५ वर्षमा फलफूल उत्पादनमा जोड दिने भएको छ।
आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ५ वर्षमा फलफूलमा आत्मनिर्भर बनी आयात निर्मूल पार्ने बताए।
‘आगामी ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बनिनेछन्,’ उनले भने।
त्यस्तै पछिल्लो समय बाँझो रहेको जमिनमा पशुपालन र कृषिकर्मलाई जोड दिइने उनले बताए।
अहिले राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:४४













